arrow

मोटरसाइकलको ठक्करबाट ७५ बर्षिय पैदल यात्रु मियाँको मृत्यु

logo
सीता डोटेल।
प्रकाशित २०७५ साउन ४ शुक्रबार
Death-body-nepali-simbol.jpg.jpeg

पाल्पा। पाल्पाको रामपुरमा मोटरसाइकलको ठक्करबाट शुक्रबार साझँ एक बृद्ध पैदल यात्रुको मृत्यु भएको छ।

रामपुरको बाङगेपसलबाट इस्लामपुरतर्फ जादै गरेको लु ४० प ६४०७ नम्बरको मोटरसाइकलले पैदल हिड्दै गरेका रामपुर ४ इस्लामपुरका ७५ बर्षिय बृद्ध मुन्ताज मियाँलाई ठक्कर दिदा उनको मत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

मोटरसाइलक चालक रामपुर ४ का किसान सुनार हुसेन र मोटरसाइलकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक हुसेन र मोटरसाइलक पछाडि बस्ने रामपुर ५ का सन्तोष खनाल सामान्य घाइते छन् ।

प्रहरीका अनुसार मोटरसाइकलको तिव्र गतिका कारण बृद्धलाई ठक्कर दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ