arrow

काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
sun.jpg.jpeg

काठमाडौं। काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस पुगेको छ जुन यस वर्षकै बढी तापक्रम हो।

यसअघि जेठ दोस्रो साता यहाँ यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो। यही साउन १ र २ गते यहाँको अधिकतम तापक्रम ३१.६ डिग्री पुगेको थियो। गत असार २३ गते काठमाडौँको अधिकतम ताफक्रम ३१.५ डिग्री पुगेको थियो। निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो।

काठमाडौँ उपत्यकामा केही दिनयता निरन्तर घाम लागेका कारण तापक्रममा वृद्धि आएको महाशाखाको भनाइ छ। शनिबारदेखि मनसुनी गतिविधि सक्रिय हुने र देशका मध्य तथा पूर्वी भेगका धेरै स्थानमा वर्षा हुने मौसमविद् मीनकुमार अर्यालले बताए।

महाशाखाको विवरणअनुसार आज सबैभन्दा बढी काठमाडौँमा २० मिलिमिटर वर्षा भएको छ। जिरीमा १८, वीरेन्द्रनगरमा ११ र ताप्लेजुङमा ६ मिलिमिटर वर्षा भएको छ। अबको दुई दिनसम्म देशका अधिकांश भेगमा बदली रही हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ