arrow

संविधान विस्तारै सर्वस्वीकार्य हुने चरणमा : नेता नेम्वाङ

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
subash-chand-nembang.jpeg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले संविधान जारी गर्दा असन्तुष्ट हुनेहरु विस्तारै संविधानकै मातहतमा आउन थालेको बताएका छन्।

नेपाल कानून व्यवसायी परिषद्ले ललितपुरमा आयोजना गरेको २४औँ अधिवक्ताको प्रशिक्षण कार्यक्रममा उनले विस्तारै संविधान सबैको स्वीकार्य हुने चरणमा पुगेको बताउँदै भने, “संविधान जारी गर्दा बहिष्कार गरेका राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर प्रतिनिधिसभाका सदस्यलाई संविधानबमोजिम शपथ गराएर संविधान अनुसार चल्नुभएको छ, अब विस्तारै संविधान कार्यान्वयन भएर सर्वस्वीकार्य हुनेछ।”

भारतमा पनि संविधान स्वीकार गर्नका लागि १० वर्ष लागेको उल्लेख गर्दै उनले त्यहाँ एक सय २२ पटक संविधान संशोधन भएर पनि अझै असन्तुष्टि रहेको बताए। उनले सशक्त आन्दोलन, क्रान्ति र हतियार उठाएर परिवर्तन नहुने बताउँदै जनताको मन जितेर संविधान संशोधन गरी मुलुक परिवर्तन गर्नुपर्नेमा जोड दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ