arrow

मोरङमा करिव १६ हजार नेपाली नागरिकता वितरण, दुई नागरिकता रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०७५ साउन ५ शनिबार
map_morang_hamrakura.jpg.jpeg

विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९ सय ४१ थान नेपाली नागरिकता वितरण गरेको छ। वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३ सय ५३ तथा वैवाहिक सम्बन्धका ५ सय ८८ थान छन्। जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४ सय ३६ र महिला सात हजार ९ सय १७ जना छन्। सो अवधिमा दुई नागरिकता रद्द गरिएको नागरिकता शाखाका रोशन श्रेष्ठले बताए।

यसैगरी कार्यालयमा सार्वजनिक अपराध, हातहतियार एवं खरखजाना, सवारी क्षतिपूर्ति र खाद्यतर्फ न्यून गुणस्तरका गरी ५१२ मुद्दा दर्ता भएको मुद्दा शाखाले जनाएको छ। सो अवधिमा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका मुद्दा २ सय ८० थान गरी कूल ७ सय ९२ नयाँ र पुरानो मुद्दा २ सय ८१ थान फैसला भइसकेको बताइएको छ।

साथै जिप्रका मोरङले गत आवमा राहदानीबाट कूल रु चार करोड ४७ लाख २२ हजार ५ सय राजस्व संकलन गरेको लेखापाल होमराज बस्नेतले बताए। सो अवधिमा पुरुष सात हजार ७ सय ५३ र महिला दुई हजार ५ सय १७ जनाले राहदानी लिए। राहदानीका लागि पुरुष एक हजार ७ सय ९० र महिला एक हजार २ सय ७५ जनालाई सिफारिस गरिएको राहदानी शाखाका कर्मचारी परशुराम दाहालले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ