संगठन विस्तार र सुदृढीकरण गर्न धनकुटा कांग्रेस सक्रिय
विजय राई,
प्रकाशित २०७५ साउन ५ शनिबार
391
Shares
धनकुटा। संगठन विस्तार सुदृढीकरण गर्नका लागी नेपाली कांग्रेस धनकुटाले जिल्लाको स्थानीय तहमा प्रतिनिधिहरु खटाइ जिम्मेवारी दिएको छ। कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षमा भएको बैठकले धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा कोषाध्यक्ष दिनेश राईको संयोजकत्वमा, छथरजोरपाटी गाउपालिकामा कार्य सम्पादन समिति सदस्य निर्मल ओझाको संयोजकत्वमा,पाख्रिवास नगरपालिकामा जिल्ला सदस्य ज्ञानु गरुगको संयोजकत्व, सहिदभूमी गाउपालिकामा तिर्थ राईको संयोजकत्वमा खटाएको छ। त्यसैगरी हर्कमान चेम्जोगको संयोजकत्वमा र नेपालधन राईको संयोजकत्वमा सागुरीगढी गाउपालिकामा समन्वय तथा निर्देशन समिति गठन गरी जिम्मेवारी दिईएको सचिव विजय सन्तोषी राईले बताए।
उक्त समितिले नेपाली कांग्रेसको सम्वन्धित वडा तथा स्थानीय तह र क्षेत्रीय कार्य समितिसंग समन्वय गरी संगठन विस्तार र सुदृढीकरण गर्न सहयोग गर्ने कांग्रेस धनकुटाले जनाएको छ।
यसैगरी पार्टीको विधान संशोधन गर्न र नीति तथा कार्यक्रम निर्माण गर्न सुझाव पठाउनका लागी पार्टी सभापति अग्नी प्रसाद पौडेल, महालक्ष्मी नगरपालिका र जोरपाटी गाउपालिकामा, उपसभापति नविन किशोर शाक्य सहिदभूमी गाउपालिका, सचिव विजय सन्तोषी राईलाई चौविसे र सागुरीगढी, कोषाध्यक्ष दिनेश राई पाख्रिवास नगरपालिकामा र धनकुटा नगरपालिकामा सवै पदाधीकारीहरुको उपस्थितिमा कार्यक्रमहरु गरी सुझाव संकलन गरीएको समेत नेपाली कांग्रेस धनकुटाले जनाएको छ।