arrow

डा केसीको समर्थनमा माइतीघर को को जाँदैछन?

एक दिन होइन गोविन्द केसी २२ दिनदेखि अनशनमा

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
dr-GKC.jpg

काठमाडौं। चिकित्सा क्षेत्र सुधारका लागि भन्दै १५ औं पटक दुई हप्तादेखि आमरण अनसनमा बस्नु भएका डा गोविन्द केसीको समर्थनमा शनिवार काठमाडौमा बृहत प्रदर्शन हुने भएको छ। शनिवार केसीको २२ औं दिनको आमरण अनशन हो। 

प्रदर्शनमा आम नागरिकतहको सहभागिता हुने अपेक्षा गरिएको छ। नागरिक समाजका अगुवाहरु कार्यक्रममा सहभागिता जनाउँदै छन्। 

डा केसीको विरोधमा रहेको नेकपाका मेडिकल माफिया निकट स्वार्थ समुहका नेता कार्यकर्ता बाहेकका कार्यकर्ता तहले पनि कार्यक्रममा सहभागिता जनाउँदै छन्। 

केसीको मागको सुनुवाइको लागि अघिल्लो शेर बहादुर देउवा नेतृत्वको सरकारका पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसारको विधेयक जस्ताको तस्तै संसदमा पेश गर्न दवाव दिइरहेको काँग्रेसका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि हुँदैछन्। 

सडकमा डा केसीको मागको सुनुवाइको लागि निरन्तर दवाव दिदै आएको विवेकशिलका साझाका नेता कार्यकर्ताहरु पनि प्रदर्शनमा सहभागि हुँदैछन्। 

राष्ट्रिय जनता पार्टीले औपचारिक रुपमै केसीको मागमा ऐक्यवद्धता जनाएसँगै कार्यकर्ता पनि प्रदर्शनमा सहभागि हुँदैछन्। 

बाबुराम भट्टराईको नयाँ शक्तिका नेता कार्यकर्ता पनि र्‍यालीमा सहभागि हुँदैछन्। 

सत्तारुढ दलका नेता कार्यकर्ता बाहेकका अन्य पार्टी र नागरिकहरु माइतीघरमा शनिवार हुने र्‍याली र सभामा सहभागि हुने अपेक्षा आयोजकको छ। 

पुर्वप्रधानन्यायाधिश, पुर्व मन्त्रीदेखि सामाजिक अगुवाहरुको सहभागीतामा काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको छ। 

मध्यान्ह १२ बजेपछि हुने प्रदर्शनमा प्राध्यापक केदारभक्त माथेमा, नायिका मनिषा कोइराला, पूर्व प्रधानन्ययाधिस सुशिला कार्की, काँग्रेस नेता गगन थापा, लेखक खगेन्द्र सँग्रौला, कृष्ण पहाडी, डा देबेन्द्र राज पाण्डे लगायत धेरै सामाजिक व्यक्तित्वहरु सहभागि हुँदैछन्। 

माथेमाले सार्वजनिक रुपमै र्‍यालीमा सहभागि हुन आम नागरिकलाई अपिल गरेका छन्। 

डा केसी १५ औँ पटकको अनसन बसेको २२ औं दिन भइसक्दा पनि सरकारले समस्या समाधानतर्फ चासो नदिएको भन्दै अभियन्ताहरुले सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको बताएका छन्। सरकार जवर्जस्ती अनशन तोडाउन लागिपरेको तर माग पुरा गराउन अनिच्छुक भएकोले पनि दवाव आवश्यक रहेको अभियानकर्मीहरु बताउँछन्। 

तरुण दलको छुट्टै प्रदर्शन

केसीको माग पुरा गराउन सरकारलाई दवाव दिन तथा अघिल्लो देउवा नेतृत्वको सरकारले चिकित्सा शिक्षा  अध्यादेश अनुसारकै विधेयक संसदमा पेश गर्न दवाव दिन नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलले पनि माइतीघरमा १ वजे प्रदर्शन गर्ने भएको छ। 

नेपाली काँग्रेसले आफ्ना शुभेच्छुक तथा भातृ संस्थालाई सडक संघर्षमा उतारेपछि तरुण दल मैदानमा आएको हो। यसअघी काँग्रेस निकट शुभेच्छुक संस्थाहरुले साउन ३ गते प्रदर्शन गरेका थिए। नेपाली काँग्रेसले देशव्यापी आन्दोलनको कार्यक्रम ल्याएको छ। प्रत्येक जिल्ला सदरमुकाममा समेत सरकार विरोधी कार्यक्रम हुने काँग्रेसले जनाएको छ। 

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पार्टीको कार्यक्रम अनुसार दलले सरकारको अधिनायकवाद र सर्वसत्तावादको विरोधमा आन्दोलनको कार्यक्रम लिएर उत्रिएको बताए। उनले लोकतन्त्रप्रेमी तरुण यूवाहरुलाई शनिवार माइतीघरमा मण्डलामा एक बजे उपस्थित भएर सरकारमाथि दवाव सिर्जना गर्न अपिल गरेका छन्।

डा गोविन्द केसीलाई बचाउँदै अघिल्लो देउवा नेतृत्वको सरकारको पालामा ल्याइएको चिकित्सा शिक्षा अध्यादेश अनुसार विधेयक ल्याउन पनि बस्नेतले माग गरे। चिकित्सा शिक्षा क्षेत्रमा आमूल सुधारको पक्षमा नेपाली काँग्रेस र यसका भातृ तथा शुभेच्छुक संस्थाहरु रहेको उनले बताए। 

केसीको अवस्था जटिल अवस्थामा

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ अनुसार नै ऐन बन्नुपर्नेलगायत स्वास्थ्य क्षेत्र सुधारका लागि सात सूत्रीय माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । केसीले औषधी समेत नलिदा उनको अवस्था जटील बनेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ