दक्षिणी सिरियाली द्वन्द्वबाट विस्थापित हुने झन बढे
प्रकाशित २०७५ साउन ५ शनिबार
741
Shares
अम्मान। गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ। उक्त द्वन्द्वका कारण सो क्षेत्रबाट गएका केही महिनायता मात्र पनि दुई लाख ७० हजार जना विस्थापित भएका छन्।
उक्त दक्षिणी क्षेत्र बढी मात्रामा हिंसाको चपेटामा परेको बताइएको छ। गएको करिब तीन महिनायता यहाँबाट विस्थापितहरूको सङ्ख्या बढ्दै गएर करीब तीन लाख पुगेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ।
“दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरूको संख्या झण्डै तीन लाख पुगेको छ र अनुमान गरिएभन्दा त्यो बढी पनि हुनसक्छ,” अम्मानस्थित राष्ट्रसंघीय निकाय यूएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भने।
त्यहाँ जारी रहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन्। विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो। एएफपी