arrow

नारायणी, पश्चिमराप्ति,बबई,कर्णाली,महाकाली नदी र आसपासमा ठूलो वर्षा हुने

प्रमुख नदीहरुमा पानीको सतह सर्तकता तहभन्दा माथी

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
water.png

काठमाडौं । शनिबार देशको नारायणी पश्चिमराप्ति,बबई,कर्णाली,महाकाली नदी र आसपासमा ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ ।  बर्षा सहित मध्यान्ह पछि बहाब उच्च हुने र भोली सम्मै कायम रहने पूर्वानुमान मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  पर्सी भने मध्य र पूर्वी क्षेत्रका बागमती,कमला कोसी,कन्काई लगायतमा बहाब उच्च हुन सक्ने संभावना छ ।

मनसुनी न्युन चापिय रेखा पश्चिम नेपालको नजिक रहेकाले त्यही बढी पानी  पर्ने नेपाल सर्तकता केन्द्रले जनाएको छ । पश्चिमी नेपालमा आज दिउँसो मध्यम वर्षा भई केही  स्थानमा भारी वर्षा समेत हुने देखिन्छ।  पूर्वी र मध्य नेपालमा सामान्य देखि मध्यम वर्षा हुने सम्भावना छ ।

दिउँसोको समयमा देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना छ ।
रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने सम्भावना छ। साथै, मध्य तथा पश्चिम क्षेत्रका एकरदुई स्थानमा भारी बर्षाको सम्भावना देखिएको छ ।

आज देशका प्रमुख नदीहरुमा पानीको सतह सर्तकता तहभन्दा माथी रहेकोले सर्तक रहन केन्द्रले अपिल गरेको छ ।  सोमबार दिउँसोको समयमा देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना छ ।  

रातको समयमा पनि देशभर सामान्य देखि पूर्ण बदलि रही धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षा हुने सम्भावना छ। मंगलबार  दिउँसोको समयमा देशभर आंशिक देखि  सामान्य बदली रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको बर्षाको सम्भावना छ ।साथै, पूर्व तथा मध्य क्षेत्रका एकरदुई स्थानमा भारी बर्षाको सम्भावना देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ