arrow

हाम्राकुराका प्रधान सम्पादक शिवाकोटी र तरुणदलका अध्यक्ष बस्नेतसहित दर्जनौ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७५ साउन ५ शनिबार
ghaite1.jpg

काठमाडौँ। डा. गोविन्द केसीको मागको पक्षमा माइतीघरबाट निस्केको विशाल जुलुस नयाँ बानेश्वरतर्फ जाँदा तरुण दल र प्रहरीबीच झडप भएको छ । झडपमा परि समाचार संकलनकै क्रममा रहेका हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटी, तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायत दर्जनौ घाइते भएका छन् ।

प्रदर्शनकारीलई प्रहरीले अत्यधिक बल प्रयोग गरेको छ । प्रहरीले अश्रग्यासका सेलहरु प्रदर्शनकारीतर्फ फ्याक्दै लाठीचार्ज गरेपछि रिपोर्टिङमा गएका नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक शिवाकोटी घाइते भएका हुन्। घाइते हुनेमा प्रहरी इन्सपेक्टर खेम नेपाल पनि रहेका छन् । घाइतेहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।    
   
प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको थियो । तरुण दलका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा प्रहरीले लाठी चार्ज गरेको छ। वानेश्वरको अवस्था अहिले सामान्य बन्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ