arrow

कम्युनिष्ट सरकार गलत बाटोमा हिड्यो : पूर्व राज्यमन्त्री रज्जाक

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन ५ शनिबार
abdul_rajjak.jpg

बुटवल।  पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजबाद भन्दै उल्टोबाटोमा हिडेको टीप्पणी गरेका छन् । जनताको भावना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखःदायी भएको भन्दै गलत रबैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गरे ।

बिपी स्मृति दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै  पूर्व सांसद तथा कांग्रेस रुपन्देहीका सभापति समेत रहेका उनले बिपिको नीति सिद्धान्त निकै राम्रो  र सान्दिर्भिक रहेको चर्चा गरे ।

जनताको इच्छा र उत्तरदायि हुने नेताको रुपमा उहालाइ स्मरण गर्दै रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि बिपिकै योगदान रहेको बताए । ‘अहिलेको सरकार जनउत्तरदायि बन्न सकेन ,नारा समृद्धि, ब्यबहार निरंकुश देखियो ।’ उनले भने । जनता आर्थिक रुपमा समृद्धि हुनुपर्ने र सरकारले कर थोपर्ने मात्रै काम गरेको भन्दै बिरोध जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ