arrow

स्याङजा तरुणदलको साङ्केतिक विरोध

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ साउन ५ शनिबार
tarundal_photo.jpg

 स्याङ्जा ।  नेपाल तरुणदल स्याङ्जाले ओली सरकारले दुई तिहाई को दम्भ देखाएर माथेमा आयोग र डा गोवीन्द केसीको माग लाई लत्याई शान्तीपूर्ण आन्दोलन गरेका आन्दोलनकारी माथी तानासाही तवरले प्रहरीले गरेको दमन र ज्यादती विरुद्ध साङ्केतिक आन्दोल गरेको छ ।
 
भीरकोट नगरपालीका स्थित सिद्धार्थ राजमार्गमा आधा घण्टा सडक वन्द गरी साङ्केतिक विरोध गरेको हो । नागरिकको स्वतन्त्र अधिकार लाई कुन्ठित पार्ने काम सरकाले गरेको उनीहरुको आरोप छ । सरकार तानाशाही बन्ने प्रपोगाण्डा रच्दै अगाडी बढेमा आगामी दिनमा आन्दोलनलाई अझै वृहत रुपमा अगाडी वढाउने गण्डकी प्रदेशमा सांसद मेखलाल श्रेष्ठले बताए ।

 शान्तिपुर्ण आन्दोलन माथी दमन हुनु दुःखद भएको भन्दै माथेमा आयोग र डा केसीको माग पूरा नभए सम्म सडक र सदन नछोड्ने श्रेष्ठले बताए । शान्तीपूर्ण आन्दोलन गरेको वेला प्रहरीद्वारा नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जितजंग वस्नेत लगायतलाई टाउकामा हानी घाईते वनाएको भन्दै घोर भर्तसना गरेको छ साथै शिघ्र स्वास्थ्यलाभको पनि कामना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ