arrow

पहिरोमा पुरिएर एकै परिवारका तीन जना सहित चार जनाको मृत्यु, दुई घाईते

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ साउन ५ शनिबार
pahiro-bajhang.png

बझाङ । बझाङ जिल्लाको खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ बयानामा पहिरोमा परी एकै परिवारका तीन जना सहीत चार जनाको घटना स्थलमा  मृत्यु भएको छ । घटनामा परी २ जना घाईते भएका छन् । घटनामा परी खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ बयाना निबासी ४५ बर्षिया उजली देवि थापा, उनकी बुहारी ३२ बर्षिया महेश्वरी थापा र उनका ६ बर्षिया छोरा कृष्ण थापा रहेको घटना स्थलमा खटिएका वडा सदस्य प्रेम बहादुर थापाले बताए ।

यस्तै अर्को मृत्यु हुनेमा सोही गाँउका २० बर्षिया मंगल थापा रहेका छन् । घटनामा परी सोही गाँउका ५ बर्षिया कविराज थापा र रिकेश थापा घाईते भएका छन् । पारिवाडा शिब मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसी रहेका र बाटोमा हिड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

उजली थापा, उनकी बुहारी  महेश्वरी थापा र उनका छोरा कृष्ण थापा एकै परिवारका हुन् । महेश्री थापा वडा नम्बर ६ की महिला स्वास्थ्य स्वयम्सेविका  हुन् । घरबाट घाँस लिएर चौपाया भएको ठाँउ पारी छाना भन्ने ठाँउमा जाँदै गर्दा विचमा पहीरोमा परी उनीहरुको घटना स्थलमा नै ज्यान गएको वडा सदस्य प्रेम थापाले बताए  ।

उनले भने पहिरो आउला भन्ने जस्तो ठाँउ पनि थिएन बालुवा जस्तो माटाका ढिस्काहरु लगायत का ढुङ्गा मुडाहरु आएर पहिरोमा परि ज्यान गएको हो । पहरोमा परि ज्यान गुमाएकाहरुको स्थानियहरुले उद्धार गरेका थिए ।  घाईतेहरुको उपचारका लागी नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ भने अहिले गाँउ रुवाबासी सहित गाँउ शोकमा डुबेको   छ ।

 गएको दुई महिनामा मात्र बाढी पहिरोका कारण ज्यान गुमाउने सख्या पन्ध जनाले पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ