arrow

बालुवाटार पुगेर सभापति देउवाले दिए प्रम ओलीलाई चेतावनी

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
oli-deuba.jpg

काठमाडौं । तरुण दलले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर चेतावनी दिएका छन् ।  

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरिरहे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिए  ।

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिए । उनले यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ