arrow

पत्रकारमाथि भएको दमनप्रति महासंघको गम्भीर ध्यानाकर्षण

logo
प्रकाशित २०७५ साउन ५ शनिबार
ajaya-siwakoti.jpg

काठमाडौं । शनिबार समाचार संकलनका लागि बानेश्वर पुगेका पत्रकारहरु माथि प्रहरीले गरेको दमनप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ । शनिबार दिउँसो प्रहरीको दमनमा परी करिब आधा दर्जन पत्रकार घाइते भएको भन्दै  पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘स्वतन्त्रतापूर्वक समाचार संकलनको क्रममा  रहेका पाँच जना पत्रकारलाई प्रहरीले अन्नाधुन्न आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

आज दिउँसो सरकारको विरोध गर्दै नेपाल तरुण दलले माइतीघर मण्डलादेखि बानेश्वरसम्म निकालेको प्रदर्शनमा समाचार संकलन गरिरहेका पत्रकारहरुमाथि प्रहरीले लाठी, ढुंगा प्रहारका साथै कुटपिट गरेका थिए ।  प्रहरीको आक्रमणबाट हाम्रा कुरा डटकमका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महा सचिव अजयबाबु शिवाकोटी, राजधानी दैनिकका महेश्वर गौतम, न्यूज २४ टेलिभिजनका निवेस कुमार, द हिमालयन टाइम्सका स्कन्द गौतम र प्रविन महर्जन घाइते भएका छन् । प्रहरीको आक्रमणबाट घाइते भएका पत्रकारहरुको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भैरहेको छ ।

विज्ञप्तिमा ‘स्वतन्त्रतापूर्वक संवैधानिक जिम्मेवारी वहन गरिरहेका पत्रकार माथि प्रहरीले गरेको यो ज्यादती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो’ उल्लेख  छ ।

‘घटनाले सरकार प्रेसप्रति कतिउदार छ, भन्ने थप प्रष्ट्याएको र प्रहरीद्वारा प्रेसमाथि गरिएको योज्यादतीको महासंघ कडा भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिको । प्रेसलाई निर्वाधरूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना नदोर्‍याउन महासंघले सरकारको गम्भीर ध्यानाकर्षण समेत विज्ञप्तिमार्फत गराएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ