- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली। भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ८५ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन्। सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन्।
अस्पताल स्रोतले शुक्रबार दिएको जानकारी अनुसार मुम्बइको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई दिइएको खाना विषाक्त पाइएको थियो। खाना खाएपपछि पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता समस्या देखा परेको र उनीहरुलाई अस्पताल राखिएको स्रोतले जनाएको छ। सो अस्पतालका अधिकारीले ती महिलाको सिकिस्त अवस्थामा उपचार भइरहेको बताएका छन्।
सो समस्याको कारण ८५ जना महिला अस्पताल भर्ना भएका सो स्रोतले जानकारी दिएको छ। यस घटनाको विस्तृत रुपमा अनुसन्धान गर्न जेलका अधिकारीले निर्देशन दिएका छन्। उनीहरु बिरामी परेपछि सँगै रहेको पुरुषहरु राख्ने बन्दीगृहका बन्दीहरुले त्यसका विरुद्धमा आन्दोलन गरेका छन्। एएफपी