arrow

मोहन वैद्यले डा गोविन्द केसीलाई भेटेर दिए पार्टीको पूर्ण समर्थन

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शनिबार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन् । 

अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद् दाहालले जानकारी दिए । 

साँझ अस्पताल पुगेका उनले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेको दाहालले बताए । 

चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २३ दिनको आमरण अनसनमा छन् । 

असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उनले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आएका छन् । 

साधारण स्लाइन मात्र लिने बताएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ