arrow

पूर्व जर्नेल भरत केसरी सिंहको निधन

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
bharat-keshar-singh.jpg

काठमाडौं । पूर्व जर्नेल भरत केसरी सिंहको निधन भएको छ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष तथा मार्गदर्शक सिंहको उपचारका क्रममा आइतबार बिहान ३ बजेर ६ मिनेटमा निधन भएको हो । 

तीन साता अगाडि युरिनमा समस्या देखिएर बयोधा अस्पतालमा भर्ना गरिएका सिंहलाई पछि निमोनिया पनि देखिएको थियो । आइतबार बिहान भने हृदयघातका कारण निधन भएको सिंह निकट अस्मिता भण्डारीले जानकारी दिएकी छिन् । 

भण्डारीका अनुसार सिंहको पार्थिव शरीरलाई दिउँसो १२ः३० बजे बनकालीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । नेपाली सेनाले सलामीसमेत दिनेछ । सिंहका तीन छोरा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ