arrow

रुन्टीगढी गाउँपालिकाले गर्यो तेस्रो गाउँ सभा 

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
runtigadhi-gaupalika.jpg

रोल्पा । रुन्टीगढी गाउँपालिकाको तेस्रो गाउँ सभा शनिबार रोल्पाको होलेरिमा सम्पन्न भएको छ । सभाले ३८ करोड ५३ लाख ४५ हजार रुपैया बजेट पारित गरेको छ । जसमा चालुतर्फ २३ करोड ९२ लाख ४५ हजार रुपैयाँ र पुँजिगततर्फ १४ करोड ६१ लाख रुपैयाँ बिनियोजन गरेको छ । 

सभाले गाउँपालिकाको नीति तथा कार्यक्रम २०७५, बिनियोजन विधेक २०७५, आर्थिक विधेक २०७५ र जलस्रोत विधेक २०७५ सर्बसम्मतले पारित गरेको छ । 

नीति तथा कार्यक्रममा महिला स्वयंसेवीका हरु लाई  प्रोत्साहन भत्ता स्वरुप वार्षिक १८ हजार रुपैया भत्ता दिने, स्वर्गद्वारी महाप्रभुको जन्म स्थान रुन्तिमा होम स्टे सन्चालन गर्ने र १० जना युवाहरूलाई स्वयंसेवक कर्मचारीको रूपमा भर्ना गर्ने जस्ता नयाँ कार्यक्रम ल्यायको छ । 

सभामा गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले नीति तथा कार्यक्रम , वडा अध्यक्ष नेप बहादुर थापाले आर्थिक र बिनियोजन विधेक , वडा अध्यक्ष जगतबहादुर घर्तिले जलश्रोत विधेक प्रस्तुत गरेका थिए । 

गाउँपालिकाका अध्यक्ष बालाराम बुढाको अध्यक्षता तथा उपाध्यक्ष छ माया पुनको स्वागत मन्तव्य बाट शुरु भएको सभाको सन्चालन प्रमुख प्रशासकीय अधिकृत शर्मिला न्यौपानेले गर्नु भएको थियो । 

सभामा वडा अध्यक्ष , सदस्य , विषयगत कार्यालयका प्रमुख  र सन्चार्कर्मिहरुको सहभागीता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ