arrow

एकादशीका दिन तुलसीका विरुवा वितरण गरिने 

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
tulasi-ekadashi.jpg.jpeg

काठमाडौं । हरिशयनी एकादशी अर्थात् तुलसी एकादशीलाई हिन्दुहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ । धार्मिक दृष्टिले बिष्णु भगवानका प्रतिकका रुपमा तुलसी रोपेर यो एकादशीलाई मनाउने गरिन्छ ।

ब्यवहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पबित्र र बिभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीले हरेक घरको शान बढाउने गरेको छ । 

बातावरण बचाउमा योगदान पुर्याउने उद्धेश्यसहित हरिशयनी एकादशीको पुण्य दिन पारेर पुडासैनी मैत्री समाजले पाशुपत क्षेत्रमा तुलसी बितरण कार्य गर्दै आईरहेको पृष्ठभूमीमा यसबर्षको हरिशयनी एकादशीको अवसरमा पशुपती क्षेत्रमा राम तुलसी र कालो तुलसी गरि एकब्यक्ति ३ तुलसीका दरले १० हजार तुलसीका बिरुवा निशुल्क रुपमा बाँड्ने जनाएको छ । 

पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले पशुपतिनाथ मन्दिरको पश्चिम ढोका छिर्ने ठाउँ अर्थात् जुत्ता चप्पल राख्ने ठाउँबाट बिहान ७ बजेदेखि तुलसीका बिरुवा उपलब्ध गराउने जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ