arrow

देउवाको सिँगापुर भ्रमण स्थगित

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
sher-bahadur-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय बढिरहेको राजनीतिक परिस्थितिलाई मध्यनजर राख्दै आफ्नो सिँगापुरको भ्रमण स्थगित गरेका छन् ।

नेपाली कांग्रेसले आइतबार एक विज्ञप्ति जारी गर्दै देउवाको भ्रमण स्थगित भएको बताएको हो । सात दिनका लागि सिँगापुरको भ्रमणमा जान लागेका देउवाको आइतबार अपरान्हमा प्रस्थान गर्ने कार्यक्रम थियो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नु पर्ने आवश्यकताका रहेको भन्दै देउवाले आफ्नो भ्रमण स्थगित गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ