arrow

विद्यार्थीहरुको आकर्षण बेलायतभन्दा अष्ट्रेलियामा बढी

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
australia1.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आकर्षण बेलायतभन्दा पनि अष्ट्रेलियामा धेरै रहेको एक अध्ययनले देखाएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि सबैभन्दा आकर्षण रहेको मुलुकमा बेलायत तेस्रो स्थानमा रहेको देखिएको हो । 

यसअघि बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीहरुको लागि दोस्रो रोजाइमा रहँदै आएकोमा अष्ट्रेलियाले उसलाई पछि पारेको हो । सेन्टर फर ग्लोबल हाइयर इडुकेसन (सीजीएचई)ले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकापछि सबैभन्दा विद्यार्थीहरुको आकर्षण अष्ट्रेलियामा रहेको देखिएको हो । 

सीजीएचईका निर्देशकले दिएको जानकारीअनुसार पछिल्लो पाँच वर्षयता बेलायतले आफ्नो मुलुकमा आउने विद्यार्थीहरुका लागि केही कडा नियम ल्याएको कारण थोरै विद्यार्थीहरु मात्र बेलायतमा अध्ययनका लागि आउने गरेको पाइएको बताएका हुन् । सन् २०१२ देखि बेलायतमा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या कमजोर बन्दै गएको पाइएको हो ।
 
सन् २०१२ यता अमेरिकामा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्यामा ३० प्रतिशतभन्दा बढीको वृद्धि भएकोमा बेलायत आउने विद्यार्थीहरुको संख्यामा भने तीन प्रतिशतभन्दा पनि कम वृद्धि भएको देखिएको हो । 

बेलायत अध्ययन गर्न जाने विद्यार्थीहरुमा सबैभन्दा धेरै गिरावट भारतबाट अध्ययन गर्न जानेमा आएको देखिएको छ । भारतबाट जाने विद्यार्थीहरुलाई अष्ट्रेलियाले भने ढोका खुल्ला राखेको कारण बेलायतभन्दा अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आकर्षण देखिएको हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ