arrow

(ने क पा)का भ्रातृ संगठनको ९ बुँदे वक्तव्य : निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

  ‘नेम, भाईब्रेन्ट विदेशमा विद्यार्थी बेच्ने ईन्स्टिच्युट’

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
nekapa-.JPG

काठमाडौ । सत्ताधारी दल (ने क पा) निकट भ्रातृ संगठनले निजी क्षेत्रबाट सञ्चालित निजी मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न माग गरेका छन् । उनीहरुले संयुक्त वक्तव्य जारी गरेर नेपालको संविधानको प्रस्तावनाले बोलेको समाजवादउन्मुख व्यवस्थाको मर्म एवं शिक्षा एवं स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलजेहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरिनु पर्ने माग गरेका हुन् । 

चिकित्सा शिक्षा क्षेत्रमा देखिएको समस्यामाथि आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्कालीन माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) र अनेरास्ववियु क्रान्तिकारी र तत्कालीन एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुले ९ बुँदे वक्तव्य जारी गरेका छन् । 

उनीहरुले अन्तिम तथा बुँदा ९ मा विभिन्न प्रलोभनमा पारी मुलुक बाहिर विद्यार्थी बेच्न पल्किएका नेम, भाईब्रेन्ट जस्ता ईन्स्टिच्युटलाई छानविन गरि कडा कारबाही गर्न भनेका छन् ।अनेरास्ववियुका सचिव अारसी लामिछानेले अब माफिया विरुद्ध निर्णायक लडाई लडिने बताएका छन् ।
विज्ञप्ति  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ