arrow

विपिको मार्गदर्शन विर्सिएको गुनासो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ साउन ६ आइतबार
bp-syangja.JPG

स्याङ्जा ।  नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको स्याङ्जामा विविध कार्यक्रम गरी ३६ औं स्मृति दिवस मनाइएको छ । नेपाली कांग्रेस स्याङ्जाको निर्णय अनुसार जिल्लाका एघार ओटै स्थानीयतहमा विपिको स्मृति दिवस मनाइएको हो ।

 नेपालकै सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको पछिल्लो पटक खस्कदै गएको संगठनात्मक परिपार्टी प्रति स्याङ्जाका कांग्रेसले चिन्ता व्यक्त गरेको छ  । बढ्दो गुटउपगुटका कारण कांग्रेसका इमान्दार कार्यकर्ताले भोग्नु परेका समस्या प्रति नेतृत्वदायी चिन्तित नबनेको आरोप लगाए । विपिले देखाएको मार्गदर्शन पार्टीले विर्सदै गएको प्रति लक्षित गर्दै स्याङ्जाका क्रियाशिल कांग्रेस कार्यकर्ताले गुटउपगुटलाई त्यागेर अगाडी बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।

प्रजातन्त्रको लडाईमा प्रमुख भुमिका खेलेका मुलुकका राजनीतिक शिखर पुरुषले देखाएको बाटो नेपाली राजनीतिमा भुल्दै जान थालेको गुनासो कांग्रेसको छ । विपिले थालनी गरेको आन्दोलनको सफलता मिलेपनि अझै सम्म विपिले देखेको सपना भने पुरा नभएको कांग्रेस नेता सुर्यप्रसाद रेग्मीले बताए ।

पञ्चायतकालीन अवस्थामा मेलमिलापको अवधारणा अगाडी सारेर प्रजा र राजा विचको सम्वन्धलाई नजिक बनाउन गरेको प्रयासले सार्थकता पाउदै आएपनि पछिल्लो समय पार्टी भित्रै जन्मिएको गुटबन्दीले मेलमिलाप दिवसको खिल्ली उड्न थालेको रेग्मीको धारणा थियो । पार्टी भित्र मौलाउदै गएको गुटउपगुटको अन्त्य र अनुशासनलाई आत्मसाथ गर्न सकिदैन तव सम्म विपिको मार्गदर्शनमा पुग्न नसकिने कार्यकर्ताहरुको भनाई थियो ।

नेपाली कांग्रेस स्याङ्जाले एघा ओटै स्थानीयतहमा बृक्षारोपण सहित विचार गोष्ठिको आयोजना गरी ३६ औं स्मृति दिवस मनाएको छ । पुतली बजार, वालिङ र चापाकोटमा रहेका विपिका शालिकमा पुष्पागुच्छाले माल्यपर्ण गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ