arrow

डा. केसीको समर्थनमा सिरहामा प्रदर्शन

logo
दिपेन्द्र यादव,
प्रकाशित २०७५ साउन ६ आइतबार
siraha.JPG

सिरहा । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ३ ले आइतबार सदरमुकाम सिरहामा गोविन्द केसीको समर्थनमा जुलुश प्रदर्शन गरेका छन् । केपी ओलीको सरकार अधिनायकवादीको भएको भन्दै डा. केसीसँग सरकारले पटक पटक गरेको सम्झौता लागु गर्न माँग गरेका छन् ।

महासमिति सदस्य डा. सुभाषचन्द्र यादवको अगुवाईमा निकालिएको र्‍याली सिरहा सदरमुकामका विभिन्न चौक परिक्रममा गरी कोणसभामा परिणत भएको थियो । र्‍यालीमा कांग्रेसका नेता तथा कार्यकर्ताले अधिनायवादी सरकार मुर्दावाद, केसीको जिवन रक्षा गर, केसीसँग भएको सम्झौता लागु गर, शिक्षा र स्वास्थ्यलाई सरकारको दायित्वभित्र राख लगायतका नाराहरु लगाएका थिए ।  

उक्त र्‍यालीमा क्षेत्र नम्बर ३ को क्षेत्रिय सभापति संजय प्रकाश यादव, पूर्व जिल्ला सचिव जिवछ गुप्ता, सिरहा नगरपालिकाका २२ वटै वडाका सभापतिहरु सहभागी भएका थिए । महासमिति सदस्य डा. यादवले कांग्रेसको सरकारका पालामा दर्ता गरेका विधेयक अहिलेको सरकारले पारित गरिनु पर्ने बताएका छन् ।

काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शन सरकारले दमन गर्नुले यो सरकार अधिनायवादतिर उन्मुख भएको देखाएको क्षेत्रिय सभापति संजय यादवले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ