arrow

कानुनमन्त्रीले माफि मागे, विज्ञप्ति पनि अपमान गर्ने खालको  

फेरि आफ्नै बचाउ  ः ‘बंगलादेशमा अध्ययन गर्दा आत्महत्या गरेका र हिंसाजन्य घटनाका उजुरी छन्’

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
tamang1.JPG

काठमाडौं । सारा नेपालीको शिर निहुरिने गरी अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले माफि मागेका छन् । तर, उनले वक्तव्यमा फेरि आफुनो बचाउ गर्दै उही कुरा दोहोर्‍याएका छन् । उनले उजुरीको कुरा उल्लेख गर्दै फेरि पनि आफ्नो बचाउ गर्न खोजेका छन् । 

उनले आफ्नो निजी सचिवालयबाट जारी गरेको वक्तव्यमा ‘मेरो भनाईले बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गरेको चोटप्रति क्षमा माग्न चाहन्छु’ भनेका छन् । तर, यो बचाउका लागि मात्रै । 

उनले गएको ४ गते शुक्रबार प्राक्सिस ईन्टरनेशनल एकेडेमीमा एसर्ईई परीक्षामा उत्तिर्ण भई उच्च शिक्षा हासिल गर्न लागेका विद्यार्थीलाई सम्बोधन गर्ने विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चारमाध्यममा संप्रेषण भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ, –भनेका छन् । 
उनले बंगलादेशमा पढ्ने र पढेर फर्किएका छात्रामाथि मात्रै नभई नेपाल र आम नेपालीको इज्जत एवं प्रतिष्ठामाथि आँच पुग्नेगरी अभिव्यक्ति दिएका थिए । अभिव्यक्ति दिएको दुईदिन पछि मात्रै उनले वक्तव्य जारी गरेर माफि मागेका हुन् । 

उनले आफ्नो भाषण सञ्चार माध्यममा आएकोप्रति असन्तुष्टि जनाएका छन् । वक्तव्यमा उनले, ‘विद्यार्थी भाईबहिनीहरुलाई सम्बोधन गर्ने विशेष सन्दर्भमा बोलिएको कुरा सञ्चार माध्यममा सम्प्रेषण भएको विषयप्रति मेरो ध्यानाकर्षण भएको छ’ भनेका छन् । 

सम्बोधनका क्रममा आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको समस्या उजागर गरेको पनि मन्त्री तामाङले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले, ‘बंगलादेशमा अहिले २००० भन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको पनि विवरण राखेका छन् । ‘ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नुपरेका केही समस्यालाई मैले उजागर गरेको हो’–उनले विज्ञप्तिमा भनेका छन् । 

विद्यार्थीको सम्मान कार्यक्रममा बंगलादेशमा अध्ययन गर्ने नेपाली चेलीहरुले डाक्टरको सर्टिफिकेट लिन आफूलाई कही न कही बेचेको भाषण गरेका मन्त्री तामाङले विज्ञप्तिमा पनि त्यही संकेत गरेका छन् । उनले विज्ञप्तिमा ‘नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमा समेत रहेको’ उल्लेख गरेका छन् । तर, अधिकारकर्मीहरुले भने कुनै कारणवस घटेका एकाध घटनालाई आम विषय बनाउनु नै कानुनमन्त्रीको गल्ती भएको बताएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ