'डा. केसीले अनशन गरेको जुम्ला पनि नेपालमै पर्छ सरकार'
त्रिप्ती शाही,
प्रकाशित २०७५ साउन ६ आइतबार
139
Shares
बैतडी । प्राध्यापक डाक्टर गोबिन्द केसीको अनशनको समर्थन गर्दै सरकार विरुद्ध आन्दोलनमा होमिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल तरुण दल लगायतका भातृसंगठनले आइतबार बैतडीमा प्रदर्शन गरेका छन् ।
नेपाल तरुण दल बैतडीको आयोजनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट सम्पूर्ण भात्तृ सङगठनहरुले जिल्लामा सरकार विरुद्ध संयुक्त्त विरोध सभा गरेका छन् । नेपाल तरुण दल सहित कांग्रेस भातृ संगठनका कार्यकर्ता सम्मिलित जुलुसले बजार परिक्रमा गरी जिल्ला प्रकाशन कार्यालयमा गई कोण सभामा परिणत भएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा कांग्रेस निकट संगठनहरुले करिब १ घण्टा विरोधसभा गरेका थिए । अनशनरत डाक्टर गोविन्द केसीका जायज माग पुरा गर्न पनि सरकारले चासो नदेखाएको , सरकारले दिनप्रतिदीन महङ्गी मात्र बढाईरहेको र काठमाण्डौमा तरुण दलले गरेको कार्यक्रममा अध्यक्ष जीतजंग बस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारीहरुलाई प्रहरीले लाठीचार्ज गरि घाईते बनाएको विषयमा तरुण दलले विरोध सभाको आयोजना गरेको बताएको छ ।
अनशनको २२ औं दिन सम्म पनि समस्या समाधान र डा.केसीको जीवन रक्षा विरोधसभामा तरुण दलका जिल्ला अध्यक्ष धनश्याम भट्ट, नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष कपिल केसी , दलित संघका जिल्ला अध्यक्ष रमेश कोली, महीला संघका जिल्ला अध्यक्ष देवु ठगुन्ना लगाएतका विद्यार्थी नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरुले सरकार अधिनायकवाद तर्फ अघि बढीरहेको बताएका छन् ।
उनीहरुले अहिलेको सरकार महङ्गी बढाएर जनताको ढाड सेक्नको लागी भएको आरोप लगाएका छन् । शिक्षामा महङ्गी मात्र बढाएर सरकारले विद्यार्थीहरुलाई पढ्न पाउने अधिकारबाट बन्चित गराउन खोजेको आरोप उनिहरुको थियो । अनसनरत डाक्टर गोविन्द केसीका जायज माग तत्काल पुरा गर्न सरकारलाई उनीहरुले भनेका छन् । चिकीत्सा शिक्षा विधेयक संसदमा दर्ता गराउनुपर्ने माग पनी उनीहरुको छ । यस्तै अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर अपहरण शैलीमा माग पुरा नगरी काठमाण्डौ लिएको र तरुण दलका केन्द्रीय अध्यक्ष संगै अन्य विद्यार्थी नेता कार्यक्रता माथी प्रहरीले गरेको दमन प्रति उनीहरुले खेद प्रकट गरेका छन् ।
यस्तै व्यङग्यात्मक शैलीमा उनीहरुले डाक्टर गोविन्द केसीले अनसन सुरु गरेको जुम्ला नेपाल भित्रै पर्ने प्रधान्मन्त्री ओलीलाई जानकारी गराउदछौ भनेका थिए । साथै उनीहरुले सरकार र प्रहरी प्रसाशनको दमनको विरुद्ध कडा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन्