arrow

नेविसंघ बारा र सिराहाले विपीलाई यसरी गरे स्मरण

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
bp-koirala-11.jpeg

बारा । ३६औँ विपी स्मृती दिबसको अबसरमा नेविसंघका बिभिन्न जिल्ला कार्यसमितिले कार्यक्रम गरेका छन् ।  सिरहाको समितिले बृक्षारोपण गरेको छ। जे एश मुरारका बहुमुखी क्याम्पसमा विभिन्न ७ किसिमका बिरुवा हरु रोपिए । कार्यक्रममा नेबिसंघका केन्द्रीय सह महामन्त्री परमेश्वर साह, क्याम्पस प्रमुख तुलसिराम पोख्रेल, नेविसंघका पूर्व केन्द्रिय सदस्य मनोज, जिल्ला अध्यक्ष मो मुस्ताक लगायत थिए।

नेपाल विद्यार्थी संघ बाराले कलैयास्थित अमृता अनाथ आश्रममा शैक्षिक सामग्री बितरण गरेको छ। उक्त अवसरमा २० जना बालबालिकालाई कापी, पेन्सिल र कटर बितरण गरिएको थियो। नेबिसघका केन्द्रिय सह महामन्त्री राजेश रौनियार, सघ बारा का जिल्ला अध्यक्ष राकेश पान्डे, विद्यार्थी नेता हरु हरिओम साह, बिनय राज शर्मा , प्रबिण पटेल , राहुल गुप्ता लगाएत थिए।

त्यसतै नेबिसंघ बाराले आजै बिधुत प्राधिकरण कलैयामा ज्ञापन पत्र बुझाएको छ। कलैया उपमहानगरपालिका र यससँग जोडिएका ग्रामीण क्षेत्रहरुमा बिना सुचना विद्युत लाइन दिनमा दर्जनौं पटक काटिएकाले सोको बिरोधमा नेबिसंघ सह महामन्त्री राजेश रौनियारको नेतृत्वमा नेविसंघ बाराले ज्ञापन बुझाएको हो।

एक हप्ता भित्र यो समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी सह महामन्त्री राजेश रौनियारले दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ