arrow

माफिले हुन्न कानुन मन्त्रीलाई बर्खास्त गर : नेविसंघ

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
NSU_NEW_Flag.jpeg

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले वंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपाली छात्राहरुको सम्बन्धमा दिएको अभिव्यक्ति सिंगो महिलाकै अपमान हुने किसिमको भएको भन्दै नेविसंघले मन्त्री तामाङलाई बर्खास्तीको माग गरेको छ ।

 नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मन्त्री तामाङले महिलाहरुलाई लान्छना लाग्ने किसिमको अराजक अभिव्यक्ति दिएको भन्दै माफि मागेर नहुने भन्दै उनको बर्खास्तीको माग गरेको हो ।

गत शुक्रबार दिएको अभिव्यक्तिको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना खेपिरहेका मन्त्री तामाङको भत्सर्ना गर्दै नेविसंघले आइतबार विज्ञप्तिमार्फत उनको बर्खास्तीको माग गरेको हो ।

नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाद्धारा जारी विज्ञप्तिमा कानुन मन्त्री तामाङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दिएको अभिव्यक्तिलाई तल्लोस्तरको भन्दै नेविसंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘वंगलादेशमा अध्ययनरत छात्राहरुको मानमर्दन गर्ने र उनीहरुका आफन्त, परिवारमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिको घोर भत्सर्ना गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै नेविसंघले वंगलादेशमा पढ्ने नेपाली छात्राहरुले शरिर नसुम्पिकन सर्टिफिकेट पाउँदैनन् भन्ने  अभिव्यक्ति दिने कानुनमन्त्री तामाङलाई तत्काल बर्खास्त गन माग समेत गरेको छ ।

 ‘वंगलादेशमा पढ्ने नेपाली छात्राहरुले शरिर नसुम्पिकन सर्टिफिकेट पाउँदैनन् भन्ने  अभिव्यक्ति दिने कानुनमन्त्री तामाङलाई तत्काल बर्खास्त गन माग समेत गर्दछौं’ विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै वंगलादेशमा अध्ययनरत नेपाली छात्रामाथि विना आधार मनगणन्ते र भ्रामक लान्छनायुक्त अभिव्यक्ति दिने मेडिकल व्यवसायी प्रसाईँलाई समेत तत्काल कारबाही गर्न नेविसंघले माग गरेको छ । ‘वंगलादेशमा अध्ययनरत नेपाली छात्रामाथि विना आधार मनगणन्ते र भ्रामक, लान्छनायुक्त अभिव्यक्ति दिने प्रसाईँलाई समेत तत्काल कारबाही गर्न माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

‘कानुन मन्त्री तामाङ र अस्पताल सञ्चालक प्रसाईँको अभिव्यक्ति सिंगो महिलामाथिको अपमान भएको भन्दै त्यस्ता घृणित अभिव्यक्तिको जति नै निन्दा गरे नि कम हुने’ नेविसंघले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । सामान्य मर्यादा भुलेर दिइने अराजक अभिव्यक्तिका विरुद्ध नेविसंघ कडा रुपमा प्रतिवादमा उत्रने नेविसंघले चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ