arrow

विपिचोकका स्थानीयले गरे छुट्टै कार्यक्रम, पार्टीले उपेक्षा गरेको आरोप

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ साउन ६ आइतबार
bp-cong.JPG

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले ११ ओटै तहमा ३६ औं विपि स्मृति दिवस मनाइरहदा विपिको शालिक नजिक बसेका स्थानीयले कार्यक्रममा उपेक्षा गरिएको आरोप लगाएका छन् । हरेक बर्ष विपि संरक्षण समितिले आयोजना गर्दै आएको कार्यक्रम ३६ औं स्मृति दिवसमा आईपुग्दा विपि संरक्षण समिति सगँ समन्वय समेत नगरी आयोजना गरेको भन्दै उनीहरुले छुट्टै कार्यक्रमको आयोजना गरेका हुन् ।

 विपिको शालिक राख्न जग्गा देखि संरक्षण गर्दै आएका छौं वालङ नगरपालिका विपि संरक्षण समितिका अध्यक्ष रामचन्द्र काफ्लेले भने,“कम्तिमा नगर र क्षेत्रले पनि आयोजना गर्दै छ भन्ने खवर त दिनुपर्छ ।” विपि स्मृतिमा मात्रै भेला हुने काग्रेस पार्टीले संरक्षण समितिको उपेक्षा भएको महशुष हामीलाई भएको छ काफ्लेले भने ।

स्याङ्जामा पछिल्लो समय पार्टीमा चरम गुटबन्दी हुन थालेको कार्यकर्ताहरुले गुनासो गर्दै आएका छन् । प्रजातन्त्र प्राप्तीका लागि ज्यान आहुती दिने नेतालाई खवर नगरिनु र विपिको शालिक निर्माणमा योगदान गर्ने व्याक्तिहरुलाई खवर नगरिनुले पार्टीले उपेक्षा गर्न थालेको गुनासो स्थानीयहरुको छ ।

 ३६ औं विपि स्मृति दिवसमा विपि विचार समाजका अध्यक्ष तथा नेपाली कांग्रेस महासमिति सदस्य भोजराज अर्यालले विपि कोइरालाले जुन सोच राजनीतिक संस्कृतिको परिकल्पना गरेका थिए प्रजातन्त्र समाजवादको यसको रक्षार्थ गर्न प्रण गर्नुपर्ने बेला आएको बताए । एक आपसमा फाटेर होइन जुटेर अगाडी बढ्नु पर्छ नेता अर्यालले भने,“सबै अहमतालाई त्यागेर एक ढिक्का भएर अगाडी बढौ त्यही नै विपिको सपना हो ।” कांग्रेसका कार्यकर्तालाई एक ढिक्का बनाएर लैजाने जिम्मेवारी नेतृत्यदायीमा बस्ने नेताहरुको भएको भन्दै नेता अर्यालले कार्यकर्ता विचलित नहुन सुझाए ।

काग्रेस भित्र देखिएको वैमनश्यताले पार्टीलाई धरासायी बनाउने तर्फ सबै कार्यकर्ता सजग रहन नेता अर्यालले आग्रह गरे ।  वालिङ विपि संरक्षण समितिले स्थानीय देखि क्रियाशिल कांग्रेससका कार्यकर्तालाई खवर नगरिएको भन्दै अर्याललाई वोलाएर छुट्टै कार्यक्रम गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ