arrow

संस्थान सञ्चालन गर्न इच्छा शक्ति भएर मात्र पुग्दैन नेतृत्व गर्नेमा क्षमता हुनुपर्छ : गगन थापा

टेलिकम वकर्स युनियनको वार्षिकोत्सव

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
ntu.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संस्थान सञ्चालन गर्न इच्छा शक्ति भएर मात्र नपुग्ने त्यसका लागि नेतृत्व गर्नेमा क्षमता हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल टेलिकम वकर्स युनियनको २७ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै थापाले भने, 'कुनै पनि संस्थान सञ्चालन गर्न इच्छा शक्ति भएर मात्र पुग्दैन नेतृत्व तहमा बस्नेको क्षमता पनि हुनुपर्ने बताउँदै क्षमता नभएका व्यक्तिले नेतृत्व गरेको संस्था छोटो अवधिमा नै धराशायी हुन्छ ।'
 
नेपाल टेलिकमले काठमाडौँसहित पोखरामा फोर जी सेवा शुरु गरेको धेरै भइसक्दा पनि अझै थप विस्तार गर्न नसकेकामा चिन्ता व्यक्त गरिएको छ ।  एनसेलले देशको २१ शहरमा फोर जी सेवा विस्तार गरिसकेको भए पनि नेपाल टेलिकम काठमाडौँ र पोखरामा मात्र सीमित रहेको छ । त्यस्तै सिराहा, सप्तरीजस्ता तराई क्षेत्रमा नेपाल टेलिकमको टावर नभएकाले ती क्षेत्रमा एनसेलका ग्राहक बढ्दै गएको चिन्ता व्यक्त गरियो ।

नेपाल टेलिकममा तीन वर्ष लक्ष्य रहेको योजना तथा परियोजना सात वर्षसम्म पनि पूरा हुन नसकेको तथा बोर्डको बैठक पनि चार महिनासम्म बस्न नसक्दा कतिपय योजना रोकिएको कार्यक्रममा जानकारी दिइयो ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चार महिनासम्म बोर्डको बैठक बस्न नसकेको स्वीकार्दै टेलिकमका सबै कर्मचारी एकताबद्ध भई अगाडि बढ्यौँ भने नेपाल टेलिकम कहिल्यै पछाडि नपर्ने दृढता व्यक्त गरिन् ।

उनले विश्वमै प्रविधिको क्षेत्रमा तीव्र प्रतिस्पर्धा रहेको र नयाँ नयाँ प्रविधिको विकास भएकाले दूरदर्शीपूर्वक टेलिकमलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिइन् ।  राजभण्डारीले यसै आर्थिक वर्षभित्र देशको विभिन्न भागमा २६० टावर निर्माण सम्पन्न भइसक्ने र निजी क्षेत्रको प्रतिस्पर्धालाई चुनौती दिने बताइन् ।

टेलिकम सञ्चालक समितिका सदस्य विष्णु कसजु, राजु रावल, नेपाल टेलिकम वर्कस युनियनका अध्यक्ष राजेन्द्रकुमार दाहाल, नेपाल राष्ट्रिय सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष पुष्कर आचार्य, पत्रकार अजयबाबु शिवाकोटीलगायतका वक्ताले नेपाल टेलिकम सरकारलाई सबैभन्दा बढी कर तिर्ने एक नम्बरको कम्पनी भएर पनि प्रतिस्पर्धाको युगमा खरो रुपमा अगाडि बढ्नुपर्छ भने  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ