arrow

'अहंकार र घमण्डको टोपी लगाउने केपीलाई जनताले ठेगान लगाउँछन '

केपी सरकारको मुखमा लगाउन तरुण दलले दियो साँचो ताला

logo
प्रकाशित २०७५ साउन ६ आइतबार
tarundal-sijan-gurung.jpg

काठमाडौं। सरकारको अधिनायकवादी चरित्रको विरोध तथा वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा शनिबार नयाँ बानेश्वरमा गरिएको प्रर्दशनका अध्यक्ष जीतजंग बस्नेत सहितका नेता कार्यकर्तामाथि प्रहरी  आक्रमण, एक दर्जन बढी नेता कार्यकर्तामाथि धरपकड लगायत ज्यादतीको विरोधमा तरुण दलले आइतबार देशभरका जिल्ला प्रसासन कार्यालय अगाडी प्रदर्शन गरेको छ।

उपत्यकाका तीनै जिल्लामा तरुण दलले प्रदर्शन सहित विरोध कार्यक्रम गर्‍यो। काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि बिरोध कार्यक्रममा अन्य जिल्लाका अध्यक्ष लगायत नेता कार्यकर्ता पनि थिए। कोण सभामा विभिन्न जिल्लाका नेताहरुले सम्वोधन गरे। 

नेपाल तरुण दल सुनसरी जिल्ला अध्यक्ष सिजन गुरुङले शनिवारको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्धारा गरेको धरपकडको जिम्मा केपी ओली सरकारले लिनुपर्ने बताए। 

शान्तीपूर्ण आन्दोलनमाथि सरकारले हस्तक्षेप गरेर तानाशाही लाद्ने काम गरेको उल्लेख गर्दै गुरुङले भने, ‘हिरामोती जडित राजालाई त ठेगान लगाइ सकिएको अवस्थामा अहंकार र घमण्ड जडित टोपी लगाउने अर्को राजालाई पनि जनताले ठेगान लगाउने बेला आएको छ ।’

सरकारले नागरिक अधिकार हनन् हुनेगरी दमन गरेपछि त्यसको बिरोधमा जिल्ला प्रशासन कार्यालयमा बिरोध प्रर्दशन गरिएको नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंका अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए ।

प्रर्दशनको क्रममा नेपाल तरुण दलले जिल्ला प्रशासन कार्यालयमार्फत् नागरिकको अधिकारमाथि हनन् गर्ने सरकारको मुखमा ताला लगाउने भन्दै सरकारलाई ताल्चा बुझाएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको युवा संगठन तरुण दलले सरकार निरंकुश बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ