arrow

भ्रष्टाचारमा आरोपित अध्यक्ष ढकाल बिरुद्ध १२ बुँदे आरोप सहित अख्तियारमा उजुरी

बेलौरी ४ का वडा अध्यक्ष बिरुद्ध अख्तियारमा १२ बुँदे उजुरी

logo
प्रकाशित २०७५ असार २२ शुक्रबार
arjun-dhakal-belauri4.jpg

कञ्चनपुर। कञ्चनपुर दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले स्थननिय तहमा व्यापक भ्रष्टाचार गरि अनियमितता गरेको भन्दै उनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

बेलौरीमा अवस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका पदेन अध्यक्षको हैसियतमा रहेका वडा अध्यक्ष ढकालले केहि महिना अगाडी राजिनामा दिएर गएका अहेब कृष्णदत्त जोशीको स्थानमा कुनै विज्ञापन, सुचना नै नगरी सोझै लियन पदमा कर्मचारी भर्ना गरि तलब खुवाइरहेको र सोही स्वास्थ्य केन्द्रमा रु. चौतिस हजार तलब सहित दरबन्दी अनुसारका एमबिबिएस डाक्टर हुँदाहुँदै पनि एउटा क्लिनिक र डाक्टरसंगको मिलेमतोमा नगरपालिकाबाट मासिक ५० हजार तलब खुवाएर राखेको भन्दै उजुरी परेको छ ।

हाल नेकपासँग सम्वन्धित वडा अध्यक्ष ढकालले वडा कार्यालयमा आफु खुसी कार्यालय सहयोगी राखेको, मुक्त हलियाको घर निर्माणको लागि भुमिसुधार कार्यालय मार्फत आउने रकममा सोही वडाका मुक्त हलिया गोबर्धन विकको नाममा कुनैपनि निर्माण कार्य नगरि आधा रकम वडा अध्यक्ष ढकाल र स्थानीय खुमेन्द्र विकले मिलेर निकासा गरि अपचलन गरेको भन्ने बिषयमा समेत अख्तियारमा उजुरी परेको छ । 

कृषि विकास बैंकदेखि मुखियाटोल हुँदै मोतिपुर जाने सडक ग्राभेलका लागि छुट्टाइएको ५० लाख रकममा एउटै बाटोमा काम गर्न योजना तोडेर ५ लाखको उपभोक्ता अलग गरी भ्रष्टाचार गरिएको, सोही बाटोमा वडा अध्यक्ष ढकालले ४५ लाखको उपभोक्ता समिति गठन गरि जमानतमा गरेझैँ गरि आफैँ काम गरिरहेको र ११ सय ५० का दरले ढुवानी गरि १४ सय रुपैँया घनमिटरको बिल पेश गरेको समेत उजुरी पत्रमा उल्लेख छ। त्यस्तै बेलौरीको श्रीपुर खानेपानी टंकीदेखि ईटा भट्टा जाने बाटोको ढल र सडक गुणस्तरहिन भएकोले छानबिनका लागि अख्तियारमा उजुरी परेको छ । 

वडा समिति र नगर कार्यापालिकाको निर्णय विना नै वडा कार्यालयमा फर्निसिङको गरेको र भुक्तानी माग गर्दा कार्यकारी अधिकृतले भुक्तानी नदिएपछि उनको सरुवा गर्न पटकपटक जम्बो टोली लगेर काठमाण्डौँ जाने, व्यक्तिगत काममा जाँदा समेत टिएडिए खाने गरेको, नगरपालिकासंग कुनै सरोकार नराख्ने माओवादीका कार्यकर्ता यज्ञ कँडेललाई मन्त्री, सांसदसंग पावर लगाइदिन भन्दै नगरपालिकाबाटै आतेजाते खर्च सहित लग्ने गरेको र भुक्तानीका लागि नगरप्रमुखको सिफारिस बनाइ लिएको आरोप लागेको छ । 

बेलौरी बजारदेखि इलाका प्रहरी कार्यालय सम्म गुणस्तरहिन ढल निकास बनेको, सिद्धार्थ बोर्डिङ स्कुल नजिकको स्लेभ कल्भर्ट गुणस्तरहिन रहेको, नगरप्रमुखले पनि आफुखुसी नातापाता र आसेपासेलाई आर्थिक सहयोग गरिरहेको, खरिदार रेशम चौधरी सहित केही कर्मचारी प्रक्रिया नपुर्‍याई भर्ना गरेको, नियम विपरित टेन्डर सदर गरेको देखिएकोले अख्तियारमा उजुरी दर्ता भएको स्थानियले जनाएका छन्। 

उजुरी पछि अख्तियार कार्यालयले यी मुद्दाहरु हेर्न बेलौरी नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक नेवल चौधरीलाई अनुसन्धान अधिकृत तोके पनि अख्तियारले घटनालाई मिलाउन खोजेको होको भन्ने आशंका स्थानिययले गरेका छन्। यी आरोपपत्र सहित असार १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा दर्ता भएको छ। तर अनुसन्धानको काममा ढिलाइ भइरहेको देखिएकोले कतै अनुसन्धान आयोगका कर्मचारी र वडा अध्यक्ष लगायतकाबिचको मिलेमतो भएको त होइन भन्नेमा आश‌ंका उब्जिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ