arrow

वर्षा त हुन्छ तर नदीमा ठूलो प्रवाह देखिँदैन

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
girl-getting-wet-in-the-rain.jpeg

काठमाडौं । बाढी पूर्वानुमान शाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरुमा खतरा तह भन्दा ठुलो बाढीको संभावना नदेखिने बताएको छ । 

शाखाले सोमबार खासगरी मध्य र पश्चिमी क्षेत्रका केही स–साना खोलानालाहरुमा आकस्मिक बाढी आउन सक्ने संभावना देखिएको जनाएको छ । 

बर्षा भइरहने भएकाले बाढी पूर्वानुमान शाखाले सतर्क रहन आग्रह गरेको छ । 

शाखाले पहिरोग्रस्त क्षेत्रहरुमा पनि सतर्कता अपनाउन आग्रह गरेको छ । 

आइतबार राति काठमाडौं उपत्यका लगायतका मुलुकका विभिन्न भागमा वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ