arrow

जब सत्याग्रही डा गोविन्द केसी सामु आमा पुगिन् तब के भयो ? 

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
dr_kc-aama.jpg

काठमाडौं । आफ्नो छोरोले एक छाक खाइदिएन भने आमालाई कति पीडा हुन्छ होला । तर सत्याग्रही डा गोविन्द केसीले खाना नखाएको २४ दिन भइसकेको छ । 

केसीले १५ औं पटक आमरण अनसन बन्दा त्यस्ता छाक थुप्रै छाडेका छन् । तर यसपटक उनले आमरण अनसन बसेको सबैभन्दा लामो समय भएको छ । यसअघिका दिनभन्दा यसपटक केपी शर्मा ओली नेतृत्वको सरकारले डा केसीलाई धेरै नै गलाएको छ । 

२३ औं दिन आइतबार डा केसीकी आमा मित्रकुमारी त्रिवि शिक्षण अस्पतालमा अनसनरत केसीलाई भेट्न पुगिन् । एकातिर छोरो थलिएर कमजोर भइसकेको अवस्था र अर्कातिर आमा । 

डङ्ग्रङ्ग पल्टिएका डा छोरालाई देखेपछि आमा भक्कानिइन् । आँशु झारिन् । उनीसंग भएका अरुका पनि आँखा रसाए । सन्त केसीका पनि आँखा रसाए । 

केही समयमात्र त्यहाँ रहेकी उनकी आमाले डा केसीलाई केही समय हेरिरहिन् तर धेरै समय आँखामा आँखा मिलाउन सकिनन् । डा केसी पनि गले आँशु झारिरहे । 

उनको बोली बन्द भइरहेको छ । बोल्न सकिरहेका छैनन् । त्यस्तो अवस्थामा साक्षात देवी आमाको दर्शन पाउँदा डा केसीको झन् बोली कसरी फुटोस् । 

डा केसी आन्दोलनमा होमिएपछि अब उनी समग्र नेपाल आमाका छोरा कहलिएका छन् । डा केसीकी आमासंग उनकी बहिनी र सानीआमासमेत गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ