arrow

राष्ट्रपति बनेयता ट्रम्पले बोले दुई हजार झुट

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
donald-trump.jpeg

काठमाडौं । सन् २०१७ को जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको पदभार ग्रहण गरेयता डोनाल्ड ट्रम्पले झण्डै दुई हजार झुटहरु बोलेको विवरण सार्वजनिक भएको छ । उनले गलत समाचारको अवार्डका  साथै अन्य धेरै गलत दाबीहरु पनि गरेका छन् ।

क्यानडाको चर्चित समाचारपत्र टोरन्टो स्टारले ट्रम्पले राष्ट्रपति बनेयता सन् २०१८ को जुलाई १ सम्मको अवधिमा बोलेका सबै शब्दहरुको विवरण सार्वजनिक गरेको हो । समाचारमा बताइएअनुसार ट्रम्पले यो अवधिमा १९२५ पटक गलत दाबी गरेका छन् । 

पछिल्लो १८ महिनाको अवधिमा ट्रम्पले समग्रमा १३ लाख ४० हजार ३३० शब्द  बोलेका थिए, जसमा ५.१ प्रतिशत हिस्सा गलत कुराहरुको थियो । सन् २०१७ को औसत हेर्ने हो भने उनले प्रतिदिन २.१ गलत दाबीहरु गरेका छन् । 

२०१८ मा भने उनको झुटको हिस्सा प्रतिदिन ५.१ मा पुगेको छ । यसको अर्थ ट्रम्पले बोलेका १४ मध्ये एक शब्द गलत हुने गर्छ । समाचारमा बताइएअनुसार ट्रम्पले सबैभन्दा बढी झुट भाषणको क्रममा बोल्ने गरेका छन् । 

उनले अहिलेसम्म भाषणको क्रममा ६४८ पटक झुट बोलेका छन् । अन्तर्वार्ताको क्रममा ३८० पटक, अनौपचारिक बयानमा ३६९ पटक, ट्वीटरमा ३३० पटक र पत्रकार सम्मेलनको क्रममा १९२ पटक गलत दाबी गरेका छन् । यसबाहेक उनले अन्य ६ पटक गलत दाबी गरेका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ