arrow

२०१९ को चुनावको लागि कांग्रेस आईको यस्तो कसरत

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
rahul.jpg

काठमाडौं । भारतमा सन् २०१९ को लागि भारतको निर्वाचनको तयारीमा दलहरु जुटेका छन् । यसैबीच कांग्रेस आईले आगामी निर्वाचनको लागि विभिन्न योजनाहरु पनि सारिसकेको छ । कांग्रेस वर्किङ कमिटि (सीडब्ल्यूसी) मा आगामी निर्वाचनको विषयमा चर्चा भएको हो । 

आइतबार भएको यो बैठकको क्रममा कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले सरकारले चर्को आलोचना गरेका छन् । सो बैठकको क्रममा समान विचार भएका पार्टीहरुको साथमा गठबन्धन बनाएर जानुपर्नेमा जोड दिइएको छ । 

त्यसका साथै सो बैठकमा  विभिन्न १० सूत्रीय योजना समेत बनाइएको छ । उक्त योजनाहरुमा कांग्रेस आईका अध्यक्षलाई गठबन्धन बनाउने वा नबनाउने भन्ने विषयमा निर्णय लिने अधिकार दिइएको छ । साथै उनलाई गठबन्धनहरुसँगको वार्ताको लागि अधिकृत बनाइएको छ । 

आइतबार बसेको बैठकमा राहुल गान्धीको नेतृत्वमा नै आगामी निर्वाचनमा होमिने निर्णय गरेको छ । बैठकमा सबै नेताहरुको भूमिका आगामी निर्वाचनमा महत्वपूर्ण हुने भए पनि राहुल पार्टीको अध्यक्ष भएको नाताले उनको भूमिका निकै महत्वपूर्ण रहने बताइएको छ । 

गठनबन्धनको मुख्य नेता राहुल नै रहने बताइएको हो । आइतबारको बैठकमा कांग्रेस गठबन्धनले अगामी निर्वाचनमा ३०० सिट हासिल गर्नसक्ने भन्दै त्यसका लागि तयारी बढाउनुपर्ने नेताहरुले बताएका छन् । 

बैठकमा सोनिया गान्धीले अब बिजेपीको सरकारको उल्टो गन्ती सुरु भएको बताइन् । यो बैठक कांग्रेसको सबैभन्दा ठुलो निर्णय लिने बैठक हो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ