arrow

छोरीहरुको अपमान गर्ने मन्त्री तामाङ र व्यापारी प्रसाईविरुद्ध उजुरी

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
mantri1.JPG

काठमाडौं। नेपाली छोरीचेलीका बारेमा आपत्तिजनक शब्दको प्रयोग गर्ने कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्धको आवाज बढ्दै गएको छ। बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर मन्त्री तामाङले सार्वजनिकस्थलमा विवादित अभिब्यक्ति दिएका थिए। प्रसाईले पनि सोही भावनाको अभिव्यक्ति दिएका थिए। 

तामाङ र प्रसाईले लगाएको आपत्तिजनक आरोपका विरुद्द सोमबार दिउँसो १ बजे राष्ट्रिय महिला आयोगमा उजुरी दर्ता गर्ने कार्यक्रम रहेको छ। भद्रकाली (राष्ट्रिय  वाणिज्य बैंकको भवन) अगाडि आउन आब्हान समेत गरिएको छ। त्यसैगरी दिउँसो १ बजे आर आर क्याम्पस अगाडि दुवै जनाको अभिव्यक्ति विरुद्धमा कार्यक्रम गर्ने जनाइएको छ। 

त्यस्तै सोमबार साँझ ५ बजे पोखराको बिपि चोकमा मन्त्री तामाङ र व्यवसायी प्रसाईको अभिब्यक्तिको बिरुद्धमा कार्यक्रम राखिएको जनाइएको छ। काठमाडौंको कार्यक्रममा विद्यार्थीहरुले दुई जनाकै पुत्ला जलाउने समेतको कार्यक्रम राखेको बताइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ