कांग्रेसको भदौमा हुने भनिएको महासमिति बैठक अनिश्चित
प्रकाशित २०७५ साउन ७ सोमबार
216
Shares
विराटनगर । नेपाली कांग्रेसको भदौमा हुने भनिएको महासमिति बैठक अनिश्चित देखिएको छ । कांग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित नभएको हो ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले भने, 'कांग्रेसले विधान संशोधन समिति बनाई नसकेकाले आगामी भदौमा हुने भनिएको महासमितिको बैठक निश्चित छैन।' उनले पार्टीभित्र देखिएका समस्या विस्तारै समाधान हुँदै जाने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य लेखकले चिकित्सा शिक्षा सम्बन्धमा माथेमा आयोगले तयार गरेको प्रतिवेदनको आधार बनेको अध्यादेश प्रस्तुत भइसकेकाले अब वर्तमान सरकारले नयाँ चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने कारण स्पष्ट गर्नुपर्ने धारणा राखे ।
नेता लेखकले स्वास्थ्यमा नागरिकको पहुँच हुने किसिमको चिकित्सा शिक्षा विधेयक ल्याउन सरकारसँग आग्रह गरे ।