arrow

टोरोन्टोमा अन्धाधुन्ध गोली प्रहार एक जना मृत्यु, १३ घाइते

logo
प्रकाशित २०७५ साउन ७ सोमबार
toronto.jpg

काठमाडौं । आइतबार राति क्यानडाको टोरोन्टोको एक व्यस्त जमघटमा अन्धाधुन्ध गोली प्रहार भएको छ । प्रत्येक आइतबार साँझ हुने यो जमघटको क्रममा भएको आक्रमणमा परी १ जनाको ज्यान गएको छ भने १३ जना मानिसहरु घाइते भएका छन् । 

प्रहरीले दिएको जानकारीअनुसार १४ जना मनिसहरुमाथि गोली प्रहार गरिएकोमा एक जनाको ज्यान गएको हो । आक्रमणकारीको पनि ज्यान गएको प्रहरीले बताएको छ । 

आक्रमणमा परेका मानिसहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ । अहिलेसम्म घाइतेहरुको अवस्था थाहा हुन नसके पछि एक बालिकाको अवस्था भने गम्भीर रहेको प्रहरीले बताएको छ । 

स्थानीयसमयअनुसार रातको १० बजेतिर यो घटना भएको हो । के कारणले आक्रमण गरिएको हो भन्ने विषयमा भने कुनै विवरण सार्वजनिक हुन सकेको छैन । यो घटना आतंकवादी संगठनहरु वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ