arrow

सोमवार छाँयाक्षेत्रमा दर्शनार्थीको घुईचो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ साउन ७ सोमबार
mahadev.JPG

स्याङ्जा ।  स्याङ्जाको भीरकोट नगरपालिकामा रहेको एतिहासिक महत्व बोकेको धार्मिक स्थल छाङ्छाङ्दीशिव मन्दिरमा दर्शनार्थीहरुको घुईचो लागेको छ । गण्डकी प्रदेश कै पवित्र धार्मिक स्थलको रुपमा रहेको छाँयाक्षेत्र मन्दिरमा साउनको पहिलो सोमवार र एकादशी पनि परेकोले दर्शन गर्न आउनेको घुईचो लागेको हो । हिन्दुधर्मालम्वीहरुको आस्थाको कुञ्जको रुपमा रहेको मन्दिरमा हरेक धर्मालम्वीहरु दर्शन गर्न जाने गर्दछन् ।

महादेवको शक्ति पिठको रुपमा परिचित यो मनिदरमा शिव भगवानले मृत अवस्थामा रहेकी सतीदेवीलाई वोकेर विभिन्न ठाँउ हिड्दै गर्दा बाँकी रहेको अंगपतन भएको भन्ने भनाई श्री स्वास्थानी वर्तकथामा उल्लेख छ । सतिदेवीको बाँकी अंग पतनभएपछि छत्रेश्वरी देवि उत्पती भएर अष्ठभैरव आदी देउताले तपस्या गरेको किवदन्ती पाईन्छ । त्यसैले पनि यो गण्डकी प्रदेश दोस्रो पशुपति क्षेत्र पनि छाँयाक्षेत्रलाई भन्ने गरिन्छ । जहाँ जहाँ शिवलिङग रहे जस्तै यहाँ पनि शिवलिङ्ग रहेकोले यो पवित्र धार्मिक स्थल रहेको विश्वास रहदै आएको छ ।

साउन महिना भगवना शिवको महिना भएकाले हरेक सोमवार यहाँ भक्तजनहरु दर्शन गर्न आउने गर्दछन् । यस मन्दिरको महत्व बढी शिवरात्रीमा हुने गरेपनि हिन्दुधर्मालम्वीहरुका हरेक पर्व १२ महिना यहाँ मेला र दर्शन गर्न आउनेको घुईचो लाग्ने गरेको छायाँक्षेत्र सेवा समितिका अध्यक्ष पिताम्वर श्रेष्ठ बताउछन् । आज साउन ७ गते शिव भगवान र विष्णु भगवानको दिन भएकाले आज यहाँ दुवै भगवानको पुजाआजा हुने श्रेष्ठले बताए ।

चट्टान भित्रबाट वगेको पानीले स्नान गरेपछि पवित्र भईने धार्मिक विश्वासका साथ यहाँ मन्दिर दर्शन गर्न टाढा टाढाबाट भक्तजनहरु आउने गर्दछन् । सिद्धार्थ राजमार्गको स्याङ्जा वालिङ सडक अन्तर्गत भीरकोट नगरपालिका ४ मा यो मन्दिर अवस्थित रहेको छ । शिवको आराधाना र दर्शन गर्नाले मनमा सन्तोष मिल्ने विश्वासका साथ मन्दिर दर्शन गर्न आउने गरेको लक्ष्मण अधिकारी बताउछन् ।राजमार्ग नजिकै यो मन्दिर रहेपनि प्रचार प्रसारको कमीले गर्दा मन्दिर ओझेलमा परेको स्थानीयहरुको भनाई छ ।

 विशेष गरि महाशिवरात्रीमा ठुलो भिड लाग्ने गर्दछ भने बैशाख संक्रान्ती, एकादशी, साउने संक्रान्ती र साउनका सबै सोमवार मन्दिर दर्शन गर्न भक्तजनहरु आउने गर्दछन् । प्रचार प्रसारले महत्व नपाउदा सिद्धार्थ राजमार्ग प्रयोग गरेर धेरै भारतीय धर्मालम्वीहरु मुक्तिनाथ जाने गरेपनि यो मन्दिरमा भने दर्शन गर्न गएका छैनन् । भारतीय धर्मालम्वीहरुको विश्वास जित्न यसलाई प्रचार प्रसार गर्न सकेमा यसको महत्व अझै विश्वभरी पुग्ने थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ