शिक्षण अस्पतालमा पूर्वराष्ट्रपति यादव र अनशनरत डा.केसीको नमस्कार
प्रकाशित २०७५ साउन ७ सोमबार
377
Shares
काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।
अस्पतालमा पुगेका पूर्वराष्ट्रपति यादव र अनशनरत डा. केसीले एक अर्कालाई नमस्कार गर्दै अभिवादन गरेका थिए ।
डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराए। पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका थिए ।
जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा केसीलाई गत बिहीबार सरकारले काठमाडौँ ल्याएको थियो ।
पन्ध्रौँ पटक अनशन बस्नुभएका डा केसीसंग सरकारले वार्ताका लागि आह्वान गरिरहे पनि केसी पक्ष भने म्याण्डेट प्राप्त वार्ता टोलीसँग मात्र वार्तामा गर्ने भन्दै वार्तामा बसेको छैन ।