धनकुटा । स्थानीय प्रशासनले धनकुटामा लगाएको निषेधित क्षेत्र सोमबार नेपाल तरुण दल धनकुटाले नारा जुलुससहित प्रहरीको अवरोधका बिच तोडेको छ । अनशनरत डाक्टर गोविन्द केसीको जिवन रक्षा,मुल्य बृद्धी र सरकारको असंवैधानिक गतिविधिको विरुद्ध र काठमाडौंमा भएको प्रहरी हस्तेक्षपको विरुद्धमा नेपाल तरुण दल धनकुटाका आव्हानमा निस्किएको तरुण विद्यार्थीहरुको विरोध जुलुसले बजार परिक्रममा गरी निषेधित क्षेत्र तोड्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर कोण सभा समेत गरेको छ ।
निषेधित क्षेत्र तोडेपछि धनकुटा जिल्ला प्रशासन कार्यालयको परिषदमा आयोजना गरेको कोण सभामा नेपाली कांग्रेसका सचिव तथा यूवा नेता विजय सन्तोषी राई,तरुण दल धनकुटका जिल्ला अध्यक्ष एवं कांग्रेस कोषाध्य दिनेश राई,नेपाली कांग्रेसका कार्यसम्पादन सदस्य तथा यूवा नेता निर्मल ओझाले अधिनायकबादी सरकारले निषेधित क्षेत्र तोकेर लोकतन्त्र हरण गरेकोले तरुण विद्यार्थीहरुले धनकुटामा लगाएको निषेधित क्षेत्र तोडेर लोकतन्त्रको अनुभूती दिलाएको वताए ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी मनोहर खनाललाई अनशनरत डाक्टर केसीको जिवन रक्षा,मुल्य बृद्धी र सरकारको असंवैधानिक गतिविधिको विरुद्ध र काठमाडौंमा भएको प्रहरी हस्तेक्षपको विरुद्धमा नेपाल तरुण दल धनकुटाले ज्ञापन पत्र बुझाएका थिए । पत्र बुझाउनेमा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल,उपसभापति नविन किशोर शाक्य,सदस्य लोकेन्द्र रायमाझि, क्षेत्रीय सभापति जितेन्द्र राईको उपस्थितिमा तरुण दल धनकुटा अध्यक्ष दिनेश राई,क्षेत्रिय सभापति तिलक महत थिए ।
केही महिना अघि धनकुटामा पनि स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालयको दुई सय मिटर वरीवरी नारा जुलुस र धर्ना कार्याक्रम संचालन गर्न रोक लगाई निषेधित क्षेत्र घोषणा गरेकोमा आन्दोलनकारीका दवाव प्रहरुले सामान्य बल प्रयोग गरेतापनि प्रशासन पछि हटेपछि निषेधित क्षेत्र कुनै अप्रिय घट्ना नभई तोडिएको हो ।