कानुनमन्त्रीलाई पदमा बसिराख्ने अधिकार छैन: शेखर कोइराला
प्रकाशित २०७५ साउन ७ सोमबार
289
Shares
बर्दिया । नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले नेपाली चेलिहरूको अस्मितामाथी अत्यन्तै आपत्तीजनक अभिव्यक्ती दिने कानुनमन्त्रीलाई पदमा बसिरहने कुनै नैतिकता नभएको बताउँदै तत्काल उनलाई बर्खास्त गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस बर्दियाले गरेको कार्यक्रममा कोइरालाले सार्बजनिक पदमा बसेर कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तीले आम नेपाली चेलीहरूको आत्मसम्मानमा चोट पुगेको बताए। सरकार अहिले लगाम बिनाको घोडा जसरी हिडेको उल्लेख गर्दै कोईरालाले देशमा अराजकता बढेको बताए। कोईरालाले सरकार दुई तिहाईको दम्भबाट मुक्त नभए त्यो कम्युनिष्टहरुकै लागि दुर्भाग्य हुने बताए।
कार्यक्रमलाई संबोधन गर्दै कोईरालाले राणा, पंचायत र शाही शासनका बिरूद्ध लडेको कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिए।
कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले सस्तो लोकप्रियताका नाममा झूटको खेती नगर्न सरकारलाई चेतावनी दिए।
नेबिसंघका पुर्व केन्द्रिय अध्यक्ष केशव सिंहले कम्युनिष्टको ज्यादती बिरुद्ध लड्न युवाहरूलाई तयार रहन निर्देशन दिए।
कार्यक्रममा पुर्व सचेतक डा शोभाकर पराजुली, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षहरु डा गोबिन्द पोख्रेल र डा स्वर्णिम वाग्ले लगायतले मन्तब्य राखेका थिए।