arrow

डा केसीको ज्यान जोगाउन चिकित्सक संघको पनि कठोर निर्णय 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
dr-govinda-kc-tuth-15thfast.jpg

काठमाडौं । २५ दिनदेखि आमरण अनशनरत प्राडा गोविन्द केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघले कठोर निर्णय गरेको छ । संघले सरकारले डा केसीको स्वास्थ्यसंगै मागमा कुनै पनि गम्भीरपन नदेखाएको भन्दै त्यसका लागि दबाब दिन रेजिडेन्ट चिकित्सकहरुले संचालन गरेको बहिरंग र अन्तरंग सेवा बहिष्कार प्रति ऐक्यबद्धता जनाएको छ।

देशभरका चिकित्सकहरुले आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपिडी टिकट, रसिद, बील बहिष्कार गर्ने, विरामीको स्वास्थ्यलाई असर नपर्ने गरी बैकल्पिक उपायद्वारा मंगलबार ओपिडी सेवा संचालन गरिने संघले घोषणा गरेको छ।

देशभरका चिकित्सकलाई जिल्लामा रिलेअनसन, र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्न भनेको छ।

काठमाडौंमा नेपाल चिकित्सक संघका पदाधिकारी सहित सम्पूर्ण चिकित्सकहरुलाई बसन्तपुर डबलीमा उपस्थित भई विहान १० बजेदेखि बेलुका ५ बजे सम्म अनशन बस्न निर्देशन दिएको छ। 

संघले डा केसीको जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेकोमा स्तब्ध भएको जनाएको छ।

मंगलबार डा केसी अनसन बसेकै स्थलमा रेजिडेन्ट डाक्टरहरुले धर्ना दिएर सामुहिक अनसन बस्ने भएका छन् । 

रेजिडेन्ट डाक्टरहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको उदासिन बोलीले वाध्य भएर डा केसीका माग सम्वोधनका लागि उत्रनु परेको जनाएका छन् । ओलीले सोमबार एक कार्यक्रममा डा केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको आरोप लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ