arrow

महेन्द्रनगरमा तरुण दलको बिरोधः डा केसीको माग पुरा नगरे आन्दोलन चर्काउने

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ साउन ८ मंगलबार
tarun-dal-kanchanpur.jpg

महेन्द्रनगर। सरकारले हालै बढाएको कर खारेजी तथा चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि दवाव दिन अनशनरत प्राध्यापक डाक्टर गोबिन्द केसीको माग अबिलम्ब पुरा गर्नु पर्ने माग राख्दै नेपाल तरुण दलले कञ्चनपुरको महेन्द्रनगरमा बिरोध प्रदर्शन गरेको छ । 

पश्चिम नेपालको कञ्चनपुरस्थित महेन्द्रनगरमा तरुण दलद्वारा आयोजित बिरोध जुलुसमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेपाल विद्यार्थी संघ,महिला संघ लगायतका भातृ संगठनका कार्यकर्ताहरुले बिरोध जुलुसमा भाग लिएका थिए । 

नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दको नेतृत्वमा नेपालीकाँग्रेस कञ्चनपुरको पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुस जिल्ला प्रशासन कार्यालयको मुल गेटमा पुगेर कोण सभामा परिणत भएको थियो । 

तरुण दलका अध्यक्ष जितजंग बस्नेतमाथी भएको प्रहरी दमनको चर्को बिरोध तथा सरकारले बढाएको करको खारेजीको माग राख्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए । 

कञ्चनपुरको महेन्द्रनगरमा सोमबार तरुण दलले आयोजना गरेको बिरोध जुलुसले प्राध्यापक डाक्टर गोबिन्द केसीको माग जनताका पक्षमा भएकाले अबिलम्ब पूरा गर्नु पर्ने,शान्तिपुर्ण बिरोधसभामा प्रहरी हस्तक्षेप निरंकुशताको पहिचान, कर वृद्धि फिर्ता गर तानाशाही सरकार चाहिदैन लगायतका नाराबाजी गर्दै प्रदर्शन गरिएको थियो । 

पार्टी सभापती शेरबहादुर देउवाले कम्युनिस्ट विरुद्ध लड्न कार्यकर्तालाई आव्हान गरे लगत्तै प्रमुख प्रतिपक्षी दल काँग्रेस कार्यकर्ता सरकार विरुद्ध सडक आन्दोलनमा देशब्यापी रुपमा उत्रिएका छन् । 

तरुण दलले सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको बिरोध जुलुस शान्तिपुर्ण रहेको थियो। यद्यपि प्रशासनले कडा सुरक्षाको बन्दोबस्त गरेको थियो। बजारका मुख्य चोकहरु र जिल्ला प्रशासन क्षेत्र वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनका क्रममा झडपको स्थिती भने आएन। 
माग सम्बोधनका क्रममा सरकारले व्यवास्ता गरे आन्दोलन सशक्त रुपमा चर्काउने प्रदर्शनकारीहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ