arrow

प्रधानमन्त्रीको निवासमा मन्त्री तामाङ हटाउन नेविसंघको प्रदर्शन, सत्याग्रहीलाई सुन्न दवाव

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
nsu-dharna-baluwatar.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ। नेविसंघले बिहान कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिको विरोधमा उनको वर्खास्तीको माग गर्दै विरोध प्रदर्शन गरेको हो।  

मन्त्री तामाङले बंगलादेशमा मेडिकल शिक्षाका लागि नेपाली छात्राहरुले शरीर सुम्पेर सम्झौता गर्नुपर्ने भन्ने भाषा प्रयोग गरेपछि आलोचित भएका छन् ।

मन्त्री तामाङले माफी मागेर पदबाट राजीनामा दिनुपर्छ भन्ने चर्को आवाज उठे पनि उनले आफूले यथार्थ चित्रण गरेको भनी गैरजिम्मेवारपूर्वक प्रेस विज्ञप्ति जारी गरेका थिए । 

मन्त्री तामाङको अभिव्यक्ती पछि देशभर विरोध भएको छ। नेपाली काँग्रेसका भातृ संस्थाहरु सडकमै उत्रिएका छन्। 

नेविसंघले सोमबार प्रदर्शन गरेको थियो भने मंगलवार वालुवाटारमै प्रधानमन्त्रीले सुन्ने र देख्ने गरि विरोध गरेको महामन्त्री कुन्दन काफ्लेले बताए। काफ्लेले मंगलवार विज्ञप्ती निकालेर सत्याग्रहलाई नसुन्ने सरकारको तीव्र आलोचना गरेका छन्।  

मन्त्रीलाई वर्खास्ती र डा केसीको माग सम्वोधनको माग राख्दै नेविसंघकी विद्यार्थी नेतृहरुले माग गरे। विरोध कार्यक्रम पछिको कोणसभालाई नेतृहरु तुलसा पन्त, जानुका पन्त, पुनम लामा र ललिता सुनुवार 

नेविसंघले डा गोविन्द केसी २५ दिनदेखि आमरण अनसनरत हुँदा पनि प्रधानमन्त्री ओलीले देखेर पनि नदेखेझैं गरेपछि ओलीले सुन्ने र देख्ने गरी नै नारा जुलुस निकालिएको नेविसंघका केन्द्रीय सदस्य शुसिल भट्टले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ