फोरमसँगको किचलो समाधान गर्न मन्त्रालय टुक्र्याउँदै प्रधानमन्त्री
प्रकाशित २०७५ साउन ८ मंगलबार
697
Shares
काठमाडौं। स्थायी सरकारका रुपमा आएको केपी ओली नेतृत्वको सरकारमा किचलोहरु बाँकी रहेका छन्। उक्त किचलोहरुको समाधान अनेक किसिमको वार्ताहरुबाट नभएपछि अन्तत: प्रम ओली मन्त्रालय टुक्र्याउने निर्णयमा पुगेका छन्।
संघिय समाजवादी फोरमले सरकारमा उपस्थिति जनाएसँगै विवाद शुरु भएको थियो। फोरम अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयमा रहेकी राज्यमन्त्री पद्मा अर्यालका कारण आफुलाई काम गर्न गाह्रो भएको गुनासो प्रम समक्ष बारम्बार राखेका थिए। यादव आउनु अघि राज्यमन्त्री अर्यालले मन्त्रीका रुपमा मन्त्रालय सम्हालेकी थिईन।
प्रमले सम्झाउँदा पनि समास्या समाधान नभएपछि मन्त्रालय टुक्राएर भए पनि समस्या समाधान गर्ने निर्णयमा प्रम पुगेका हुन्। राज्यमन्त्री अर्याललाई मन्त्रीमा बढुवा गर्दै भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिने सोचमा प्रम रहेको कुरा उनी निकट श्रोतले जनाएको छ।
कृषी, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयलाई टुक्राएर दुई मन्त्रालय बनाउँदै समस्या समाधान गर्ने कुरालाई नेकपाले पनि सहमति जनाएको श्रोतले बताएको छ। पद्मा अर्याललाई भुमिसुधार मन्त्रालय र चक्रपाणी खनाललाई कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने योजनामा प्रम रहेका छन्।
पद्मा अर्यालको योगदानलाई उच्च मुल्यांकन गरिनु पर्ने आवाज पार्टी पंक्तिमा उठेको थियो। अर्यालले निर्वाचनमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिईन्।
उक्त बिजयीको उच्च मुल्यांकन गर्दै उनलाई मन्त्री बनाउनु पर्ने कुरा बारम्बार पार्टी र बालुवाटारमा उठको थियो। उक्त आवाजलाई प्रमले संवोधन गर्दै मन्त्रालय टुक्राएर भए पनि माग पुरा गर्न लागेका हुन्।