arrow

हल्लायो भूकम्पले 

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
earthquake-FNL-new.jpg.jpeg

काठमाडौँ । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । 

गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । 

केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ