arrow

पौडेल भेट्न जापानी राजदुत पुगे वालाजु

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
japani_Rajdut.jpg

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसंग नेपालका लागि नवनियुक्त जापानी राजदुत मासामिची साइगोसङले मंगलबार शिष्टचार भेट गरेका छन् । वरिष्ठ नेता पौडेलको निवास वालाजुमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको थियो ।

 भेटमा जापान नेपालको कृषि क्षेत्रमा लगानी गर्न तयार रहेको जानकारी राजदुत मासामिची साइगोसङले गराएका थिए ।  भेटमा वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाको तनहुँ हाइड्रोमा जापान सरकारले लगानी गरेकोमा राजदुत मासामिची साइगोसङलाई धन्यवाद दिएका थिए ।

 त्यसै गरि नेपालको समृद्धिका लागि कृषि क्रान्ति उर्जा शक्तीको विस्तार र पर्यटनको विकास आवश्यक भएको यी क्षेत्रमा लगानी गर्न जापानलाई आग्रह गरेको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ