arrow

आन्दोलनका थप कार्यक्रम घोषणा हुन्छ : निधि

logo
प्रकाशित २०७५ साउन ८ मंगलबार
Nidhi_eu.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डा. गोविन्द केसीले उठाएका मेडिकल शिक्षा र सेवा सुधारको बिषयमा पूर्बबर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रस्तुत गरेको अध्यादेश हुबहु संसदमा प्रस्तुत नगरेसम्म आन्दोलन नरोकिने  बताएका छन्  ।
 
एक साता लामो यूरोप भ्रमणपछि स्वदेश फर्केका कांग्रेस उपसभापति निधिले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै भने “छटोभन्दा छिटो सरकारले हुबहु पारित नगरेसम्म हाम्रो आन्दोन जारी रहन्छ ।” उनले संबोधन भइसकेको बिषयलाई सरकारले खोतलेर अनावश्यक बिबाद सिर्जना गरेको बताए । नेता निधिले साउन १० गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरे।
 
सरकारको रबैया बिरुद्ध कांग्रेस सडक र सदन दुबै मोर्चामा उत्रिएको उल्लेख गर्दै उनले शान्तिपूर्ण बिरोध प्रदर्शनमा सरकारी हस्तक्षेपको निन्दा गरे । सरकारले यस किसिमको दमन र बर्बर प्रबृत्ति बन्द गर्नुपर्ने भन्दै नेता निधिले दमनमा नउत्रिन सरकारलाई चेतावनी दिए ।
 
कांग्रेस उपसभापति निधि नेपाली जनसम्पर्क समन्वय समिति युरोपको पोर्चुगलमा आयोजित बिस्तारित बैठक तथा कार्यकर्ता भेलामा सहभागी हुन साउन २ गते प्रस्थान गरेका थिए । उनि आफ्नो भ्रमण कार्यक्तम छोट्याएर आज बिहान स्वदेश फर्किएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ